११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बालेन साहले लिए काठमाडौँ महानगरपालिकाको प्रमुखको सपथ ग्रहण



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन) ले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

उहाँलाई प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजकुमार खतिवडाले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । नवनिर्वाचित प्रमुख साहले नेपाल भाषामा समेत पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।

राष्ट्रिय सभागृहमा आयोजित समारोहमा नवनिर्वाचित प्रमुख बालेन साहले महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु तथा वडासदस्यहरुलाई पद तथा सपथ गराउनुभयो ।

यसअघि मुख्य निर्वाचन अधिकृत खतिवडाले महानगरपालिकाका नवनिर्वाचित साह, उपप्रमुख डंगोल तथा सम्पूर्ण वडाध्यक्ष र वडासदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

काठमाडौँ महानगरपालिकाको हालै सम्पन्न निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवार भई बालेन साह निर्वाचित हुनुभएको थियो । उहाँले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितलाई पराजित गर्नुभएको थियो ।

यसैगरी उपप्रमुख पदमा एमालेकी डंगोल निर्वाचित हुनुभएको थियो ।