२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी



अ+ अ-

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी हुनुभएको हो । खड्का निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६९१ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

खड्काले ३१ हजार ४०८ मत प्राप्त गर्नुभएको थियो भने गिरीले २७ हजार ७१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका प्रमुख राजेश्वर अर्यालले बताउनुभयो । त्यस्तै उपप्रमुखमा चौधरी निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार ५३२ मत पछि पार्दै विजयी हुनुभएको हो । चौधरीले ३० हजार ५९७ मत ल्याउनुभएको थियो भने रानाले २१ हजार ६५ मत ल्याउनुभएको थियो ।

तुलसीपुर उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो ।

२०५४ यता एमालेकै राज

तुलसीपुरमा २०४९ सालमा कांग्रेसका शङ्करप्रसाद आचार्य प्रमुख निर्वाचित हुनुभएको थियो भने कांग्रेसकै प्रदीपबहादुर शाह उपप्रमुख हुनहुन्थ्यो । त्यतिबेलाका फुलबारी, टरिगाउँ, उरहरि, पवननगर, हलवार, विजौरी, डुरुवा र मानपुर गाविस अहिले उपमहानगरपालिकामा गाभिएका छन् । विसं २०४९ मा यी सबै गाविसमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो ।

तुलसीपुरलाई समृद्ध बनाउछु: खड्का

निर्वाचित भएसँगै राससलाई प्रतिक्रिया दिँदै टीकाराम खड्काले तुलसीपुरलाई समृद्ध बनाउने बताउनुभएको छ । उहाँले जनताले विश्वास गरेर जित्न सफल भएको भन्दै मन जित्ने गरी काम गर्ने बताउनुभयो । त्यस्तै नवनिर्वाचित उपप्रमुख स्यानीय चौधरीले पिछडिएका वर्गको उत्थान गर्न आफू तत्पर रहने बताउनुभयो । रासस