काठमाडौं । हाम्रो भान्सामा ल्वाङ भोजनको स्वाद बढाउन प्रयोग गरिन्छ । तर स्वास्थ्यका लागि पनि ल्वाङ उपयोगी छ । बिहान उठ्नेबित्तिकै दुईवटा ल्वाङ राम्ररी चपाएर एक गिलास मनतातो पानी पिउनुस् । यहाँ हामी ल्वाङका केही फाइदाहरू बताउनेछौं । ल्वाङ इम्युनिटी बूस्टर हो ।
१) यसले रुघाखोकी, गलाको खसखस र ज्वरोबाट जोगाउन सहायता गर्छ ।
२) यसमा भएको एन्टी–ब्याक्टेरियल र एन्टी–फंगल गुणले गर्दा कोरोना संक्रमणबाट बचाउन पनि सहयोग गर्छ ।
३) शरीरका सबै हानिकारक ब्याक्टेरिया यसले नष्ट गर्छ ।
४) यसको एन्टी–इन्फ्लेम्मेटरी गुणले कलेजोबाट सबै विषाक्त तत्त्व बाहिर निकाल्छ । उसले कलेजो सुन्निन दिँदैछ ।
५) छाती पोलेमा वा एसिडिटी भएमा दुईवटा ल्वाङ चुस्नुस् । ल्वाङ हालेको चिया पिउँदा पेटका समस्या भाग्छन् ।
६) यसमा भएको एन्टी–अक्सिडेन्ट तत्त्वले रगतमा ग्लुकोन नियन्त्रणमा राख्छ र इन्सुलिन उत्पादनलाई प्रोत्साहन गर्छ । मधुमेहका रोगीहरूका लागि यसको सेवन लाभदायक हुन्छ ।
७) ल्वाङको चियाले मेटाबोलिक रेट बढाउँछ । यसले गर्दा तौल नियन्त्रणमा रहन्छ । बोसो घटाउन पनि यो लाभदायक छ ।