© 2023
विराटनगर, २४ जेठ स् कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले अपराधरहित समाज निर्माण गर्नमा प्रहरी सङ्गठनको भूमिका अग्रणी रहने बताउनुभएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आयोजित महिला हिंसा तथा मानव बेचविखन विरुद्ध जनचेतनामूलक भिडियो सार्वजनिकीकरण गर्दै उहाँले प्रहरी सङ्गठनबिना अपराधरहित समाज परिकल्पना गर्न नसकिने बताउनुभएको हो ।