© 2023
काठमाडौं । प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र प्रदेशसभातर्फ बझाङ क्षेत्र नं. १ (क)मा भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतपत्रलगायतका निर्वाचन सामग्री सम्बन्धित मतदान स्थलमा पुगिसकेको छ । सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । प्रहरीले मतदाता र मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो सुरक्षा योजना मिलाएको जनाएको छ ।