
काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४७ हजार ९१ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ ।
जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २७ हजार ९१६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले २७ हजार १०५ मत ल्याउनुभएको छ भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डंगोलले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।