२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गौरीगञ्जको अध्यक्षमा फूलवती, उपाध्यक्षमा कुँवर निर्वाचित



अ+ अ-

झापा । झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी र उपाध्यक्षमा पूजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित राजवंशी नेपाली कांग्रेसका तर्फबाट तथा कुँवर नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का तर्फबाट उम्मेदवार रहनुभएको थियो । झापाका १५ पालिकामध्ये अध्यक्ष र उपाध्यक्ष नै महिला निर्वाचित भएको यो पहिलो पालिका हो ।

राजवंशीले पाँच हजार ६८९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका विजयकुमार अग्रवालले तीन हजार ३३० मत प्राप्त गर्नुभयो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहनुभएका बाबुराजा श्रेष्ठले तीन हजार ३०७ मत प्राप्त गर्नुभयो । अघिल्लो निर्वाचनमा श्रेष्ठ गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने यस पटक राजवंशीले श्रेष्ठलाई पराजित गर्नुभयो ।

उपाध्यक्षमा निर्वाचित कुँवरले चार हजार ७५५ मत प्राप्त गर्नुभयो । उहाँले कांग्रेसका उम्मेदवार मखना महतोलाई पराजित गर्नुभयो । महतोले तीन हजार ७९५ मत प्राप्त गर्नुभएको थियो । ६ वडा रहेको यो पालिकामा वडा नं १ मा वडाअध्यक्षको मत पुनः गणना भइरहेको छ भने २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का किनालाल राजवंशी, ३ मा श्रवण गिरी, ४ मा फेकाप्रसाद गिरी, ५ मा विजयप्रसाद सिंह नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित हुनुभयो ।

यता वडा नं ६ मा नेपाली कांग्रेसका उम्मेदवार वद्रीनारायण यादव निर्वाचित हुनुभयो ।