१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शरीर सम्बन्धी १६ रोचक तथ्य यस्तो छ, थाहा पाइराख्नुस्



अ+ अ-

काठमाडौं । हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्यका बारेमा पत्तै छैन ।  आज हामी त्यस्तै रहस्यको बारेमा कुरा गर्दै छौँ । जान्नुहोस् १६ रोचक तथ्य :

१) काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ ।

२) रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकारी हुन्छ ।

३) गर्मीमा तपाईंको शरीरले करीब तीन ग्यालन पसिना बगाउँछ । 

४) संसारमा १०० मध्ये पाँच बच्चालाई रक्तचापको समस्या छ ।

५) देखेको र सुनेको हरेक कुरा हाम्रो दिमागले याद गरिराख्छ । 

६) दिनमा आधी घन्टा मात्र हिँड्नुभयो भने पनि हृदयघातको खतरा ६० प्रतिशतले घट्छ । 

७) कुनै कुनै व्यक्ति चाहेर पनि तौल कम गर्न सक्दैनन् किनकि उनीहरूको शरीरमा फ्याट सेल अरूको भन्दा धेर हुन्छ । 

८) हाम्रो शरीरको कुल वजनको दुई प्रतिशत मात्र भार दिमागको भएपनि शरीरको २० प्रतिशत अक्सिजन यसलाई आवश्यक हुन्छ । यही अनुपातमा दिमागलाई क्यालोरीको पनि आवश्यकता पर्छ । 

९) बीस वर्षभन्दा बढी हुनुभएको छ भने वर्षको एकचोटि शरीरको जाँच गराउनुस् । कोलेस्ट्रोल, रक्तचाप र चिनीको मात्रा सही छ कि छैन भनी थाहा पाइराख्नुपर्छ ।

१०) खानाको नशा लागूऔषधको नशा जस्तै हुन्छ । यसले तपाईंको दिमागलाई बारम्बार खानातर्फ लग्छ र खाना खाँदा यसैकारण दिमाग एकदमै सक्रिय हुन्छ । 

११) कसरत गर्ने महिलालाई क्यान्सरको सम्भावना एकदमै कम हुन्छ । तर तपाईंले पर्याप्त निद्रा पनि पु–याउनुपर्छ । 

१२) बेकिङ सोडाले दाँत माझ्नुभयो भने दाँत चम्किलो हुन्छ ।

१३) गर्भमा छँदा पाएको भोजनको मात्रामा मानिस मोटो वा पातलो हुन्छ । 

१४) नङ, ओठ र गुप्तांगको माथिल्लो हिस्साबाट कहिले पनि पसिना आउँदैन । 

१५) संसारमा गोराहरू बीस हजार वर्षअघि थिएनन् । त्यसअघि मनुष्यहरू काला र गहुँगोरा मात्र हुन्थे । 

१६) फल र तरकारी खाँदा शरीरमा एकखाले अम्ल उत्पन्न हुन्छ जसले रोगसँग लड्न मद्दत गर्छ । (एजेन्सीको सहयोगमा)

उत्पन्न हुन्छ जसले रोगसँग लड्न मद्दत गर्छ । (एजेन्सीको सहयोगमा)