
काठामडौं । स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २९ हजार ५ सय ८२ मतसहित अग्रतालाई निरन्तर बढाइरहेका छन् ।
दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १५ हजार ९२१ मत प्राप्त गरेका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १५ हजार १० मत ल्याएकी छन् ।