
काठामडौं । स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २८ हजार ६ सय ६२ मतसहित अग्रतालाई निरन्तर बढाइरहेका छन् ।
दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १५ हजार ५५९ मत प्राप्त गरेका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १५ हजार ५७ मत ल्याएकी छन् ।