
काठामडौं । स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २७ हजार ९ सय ६७ मतसहित अग्रतालाई निरन्तर बढाइरहेका छन् ।
दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १४ हजार ७८२ मत प्राप्त गरेका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १४ हजार ४३९ मत ल्याएकी छन् ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेवर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका छन् ।