१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ओलीको गृहनगर दमकमा एमाले पराजित, राप्रपा विजयी



अ+ अ-

दमक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमाले पराजित भएको छ । स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राम थापा निर्वाचित भएका छन् ।

थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन् ।

दमक नगरमा राप्रपालाई सत्ता गठबन्धनको सहयोग थियो भने एमाले एक्लै चुनावी मैदानमा ओर्लिएको थियो । राप्रपाका थापासँगै दमकमा एमालेको लामो समयदेखिएको विरासत ढलेको छ ।

सो नगरको उपप्रमुखमा नेपाली कांग्रेसकी रेगिना भट्टराई १७ हजार ७२ मत ल्याई निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्बिकाप्रसाद खनालले १६ हजार ५७४ मत ल्याए ।

दमक विसं २०३९ सालमा गाउँपञ्चायतबाट नगर पञ्चायत बनेको थियो । सोही बेलादेखि दमकको नगरप्रमुख बन्ने सपना देखेका थापाले बहुदलीय प्रजातन्त्रको प्राप्तिसँगै नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि आफ्नो सपना पूरा गरेका छन् ।

दमकको वडाध्यक्षसमेत भएका थापाले पहिलोपटक विसं २०४३ मा नगर प्रमुखमा लडेका थिए । तत्कालीन नगर पञ्चायतमा अहिलेकी प्रतिस्पर्धी गीता अधिकारीका ससुरासँग थापाले नगर प्रमुख पदमा थोरै मतले हार बेहोरेका थिए ।