१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

३४ वर्षअघिको घटनामा दोषी ठहरिए नवजोत सिद्धु, एकवर्ष जेल सजायको फैसला



अ+ अ-

काठमाडौं । भारतका पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष तथा चर्चित क्रिकेटर समेत रहेका नवजोत सिंह सिद्धुलाई एकवर्षको जेल सजाय भएको छ।

भारतको उच्च न्यायलयले ३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा नवजोत सिंह सिद्धुलाई एकवर्षको जेल सजाय सुनाएको भारतिय सञ्चार माध्यमहरुले बताएका छन् । सिद्धुको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो ।

घटना १९८८ डिसेम्बर २७ को हो । जब सिद्धु र मृतक गुरनाम सिंहबिच गाडि पार्किङको विषयलाई लिएर हातहपाई भएको थियो । त्यसै हात हपाईमा सिद्धुले गुरनाम सिंहलाई धकेल्दा सडकमा लडेर गुरनाम सिंहको मृत्यु भएको भारतिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतीय संचारमाध्यमका अनुसार सिद्धुलाई आजै गिरफ्तार गरिने भएको छ । उनलाई पटियाला जेल पठाउने तयारी भैरहेको छ ।