
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार ३१ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ८ हजार ८७६ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।
त्यसैगरी उपप्रमुखमा एमालेकी सुनिता डंगोलले १५ हजार ६७४ मत प्राप्त गर्नुभएको छ ।