
काठमाडौं । काठमाडौं महानगरपालिकामा ३९ हजार ५२० मत गणना हुदाँ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २८८ मत र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार २९० मत प्राप्त गर्नुभएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।