
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार ६३२ मत प्राप्त गर्नुभएको छ ।
स्वतन्त्र उम्मेदवार साह ५३७३ मतले एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा अग्रस्थानमा हुनुहुन्छ ।
स्थापितले हालसम्म ६ हजार २५९ मत मात्रै प्राप्त गर्नुभएको छ । यता सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई ५ हजार ४८६ मत प्राप्त भएको छ ।