१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अमेरिकाद्वारा मकवानपुरमा पुनरनिर्मित स्वास्थ्य चौकी उद्घाटन



अ+ अ-

काठमाडौँ । अमेरिकाद्वारा मकवानपुरमा पुन: निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । अमेरिकाले विसं २०७२ को महाभूकम्पबाट प्रभावित जिल्लाहरुमा २९ वटा स्थायी विद्यालय र सात वटा स्वास्थ्य सेवा संरचनाहरुको पुन: र्निमाण गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी सरकारले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) नेपालमार्फत नेपाल पुनरनिर्माण प्राधिकरण, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग साझेदारी गरी ती संरचनाहरुको पुनरनिर्माण गरेको हो ।

सोमबार नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु बेरी र युएसएआईडी नेपालकी प्रमुख सेपिडे केभान्शाड मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकी भवनको उद्घाटन समारोहमा सहभागी हुनुभयो ।

दूतावासका अनुसार यो कार्यक्रमसँगै काठमाडौँ उपत्यकाबाहिर युएसएआईडीद्वारा गरिएको भूकम्पपछिको पुनरनिर्माण कार्य सम्पन्न भएको छ ।

सो अवसरमा राजदूत बेरीले सबैभन्दा बढी अभावमा रहेका नेपाली जनताको स्वास्थ्य सेवा र शिक्षामा पहुँचलाई अमेरिकी सरकारले प्राथमिकतामा कायम राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसै प्रतिबद्धताको एक हिस्सास्वरूप मकवानपुरका सर्वाधिक विकट क्षेत्रमध्ये एकमा यस स्वास्थ्य चौकीको निर्माण गर्न हामीले नेपाल सरकारसँग साझेदारी गर्‍यौँ, जसले सबैभन्दा विपन्न समुदायहरूमध्ये एकलाई फाइदा पुर्‍याउने छ । यसले चिरस्थायी मित्रता र अझ सुरक्षित नेपालको पुनरनिर्माणमा मद्दत गर्न अमेरिकी जनताको निरन्तर सहयोग दर्साउँछ ।”

विसं २०७२ को महाभूकम्पपश्चात्‌को प्रतिकार्य तथा पुनर्लाभमा अमेरिकी सरकारले १९ करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ ।

राजदूत बेरीले अमेरिकी सहयोगले सहयोगले बालबालिका र परिवारहरूलाई स्वास्थ्य सेवा तथा शिक्षा प्राप्ति जारी राख्‍न सक्षम बनाएको बताउनुभयो ।

“हामीले भौतिक पूर्वाधार मात्रभन्दा धेरै बनाएका छौँ, जसको प्रतीक यस स्वास्थ्य चौकीले प्रस्तुत गरेको छ । यस भवनले नेपालको प्रत्येक परिवार गुणस्तरीय स्वास्थ्य सेवा र सो सेवा प्राप्‍त गर्न सुरक्षित स्थानको हकदार होउन् भन्ने सुनिश्चित गर्नका निम्ति युएसएआईडी र नेपाल सरकारबिच रहेको सहकार्य प्रदर्शन गर्दछ ।”

राजदूत बेरीका अनुसार यी संरचनाहरूले दुई लाख ४० हजारभन्दा बढी नेपालीलाई लाभ पुर्‍याएसँगै यस हस्तान्तरणले सुरक्षित पुनरनिर्माण गर्न र नेपालका बालबालिका तथा परिवारहरूका निम्ति गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा सुनिश्चित गर्नमा नेपाल सरकारलाई सहयोग गर्न अमेरिका निरन्तर कटिबद्ध रहेको देखाउँदछ ।

“अमेरिकाको नेपालसँग ७५ वर्षदेखि मजबुत र चिरस्थायी साझेदारी रहिआएको छ र हामी हाम्रो मित्रतालाई निरन्तरता दिन तत्पर रहेका छौँ”, उहाँले भन्नुभयो ।