३ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढी कोरोना संक्रमित, २७ को मृत्यु



अ+ अ-

सोल । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र यहाँ ३५ हजार ११७ जनामा कोभिडको संक्रमण भएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायतामा देखिएको यो संक्रमण पहिलेको भन्दा कम भए पनि उल्लेख्य मात्रामा कम हुन भने सकेको छैन ।यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७८ लाख ३० हजार मानिसमा कोभिडको संक्रमण पुगेको समाचारमा जनाइएको छ ।

यहाँ करिब दुई हप्ता अघिसम्म दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएको छ ।संक्रमणबाट पछिल्लो पटक २७ जनाको ज्यान गएको बताइएको छ । यहाँ अहिलेसम्म कोभिडबाट २३ हजार ७२५ जनाको ज्यान गएको बताइएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँका कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् ।