
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार ७९७ मत प्राप्त गर्नुभएको छ ।
स्वतन्त्र उम्मेदवार साह ५०१० मतले एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा अग्रस्थानमा हुनुहुन्छ ।
स्थापितले हालसम्म ५ हजार ७८७ मत मात्रै प्राप्त गर्नुभएको छ । यता सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई ५ हजार ७४ मत प्राप्त भएको छ ।