२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्र विजयी



अ+ अ-

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन् ।

माओवादीका रमेश बाबु थापामगर ५ हजार ४७४ मतसहित अध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण प्रसाद लामिछानेले ४ हजार ४३२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार मनोज कुमार जोशीले ४ हजार ११७ मत ल्याए ।

उपाध्यक्षमा माओवादीकी इन्दिरा तिवारी ४ हजार ९९६ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी शर्मीला श्रेष्ठले ४ हजार ४३२ मत ल्याइन् भने नेकपा एमालेकी लुना थापाले ३ हजार ३७८ मत प्राप्त गरिन् ।