
काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणनास्थल बढाइने भएको छ । मतगणना सुस्त भएपछि मतगणनास्थल थपिन लागिएको हो।
शनिबार तीन स्थानबाट मतगणना सुरु भएको थियो । तर मतगणना सुस्त हुन थालेपछि सोमबार दिउँसोसम्म पाँच स्थानबाट गणना गर्न थालिएको थियो । यसलाई अझ बढाएर सात पुर्याउन लागिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
हाल महानगरपालिकाको वडा नं ३, ४, ५, ३१ र ३२ को मतगणना भइरहेको छ । वडा नं १ र २ को मतगणना सकिएर अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।