१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वर्षाले छेक्न सकेन विजय उत्सवलाई



अ+ अ-

फुङ्लिङ । गालामा रातो अबीर खादै खादाले भरिएको घाँटी । हातमा पार्टीका झण्डा । सयौँको भीडभाड । वर्षा हुँदा पनि खुसीमा रमाउँदै नाचगान गरेकोे यो दृश्य ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको हो।

गए रातिदेखि ताप्लेजुङमा वर्षा भइरहेको छ भने शुक्रबार सम्पन्न स्थानीय तहको मतपरिणाम आउने क्रम पनि जारी छ । सदरमुकाम फुङ्लिङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा विजय उत्सव मनाउनेकोे भीड छ । विजय उत्सवसँगै गीत बजाउँदै र्यालीसहित फुङ्लिङ बजार परिक्रमा गर्नेको भीड पनि लागेको छ ।

फुङ्लिङ नगरपालिकामा ११ वटा वडासहित प्रमुख र उपप्रमुखको विजयमा १२ पटक विजय जुलस निस्किने भएको छ । अहिले छ वटा वडाको मतगणना सम्पन्न भएको र छ पटक नै विजयोत्सवको जुलुसले विभिन्न नारा लगाउँदै फुङ्लिङ बजार परिक्रमा गरेका र अझै विजयोत्सवका जुलुस निस्कने क्रम जारी छ ।

गए रातिदेखि निरन्तर वर्षा भइरको छ । वर्षाले निथ्रुकै भिजेर पनि खुसीयालीका साथ नेता, कार्यकर्ता र जनसमुदायसमेत विजयोत्सवमा सहभागी हुँदै आएका छन् । सदरमुकाममा मात्र होइन जिल्लाको नौ स्थानीय तहको केन्द्रमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयको परिसरमा पनि विजयोत्सव मनाउँनेको भीड उस्तै छ ।

फक्ताङलुङ गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय प्राप्त गरेसँगै यतिखेर विजयको उत्सव मनाउनेको भीड लागेको छ । सो गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्ध रहेको थियो ।

उता मेरिङदेन गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएपछि विजयोत्सव मनाउन थालिएको छ । उपाध्यक्षमा एकीकृत समाजवादी विजयी भएको छ । वडाध्यक्षमा विजय भएसँगै वडा–वडामा समेत विजयोत्सव मनाउन सुरुभएको छ ।
सात स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

४० वडाको मतपरिणाम सार्वजनिक

ताप्लेजुङ जिल्लामा नौ स्थानीय तहमा ६१ वडा रहेकोमा ४० वटा वडाको मतमरिणाम सर्वजनिक भएको छ । शुक्रबारदेखि सुरुभएको मतगणनामा अहिलेसम्मम ४० वटा वडाको मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

४० वटा वडाको मतपरिणाम सार्वजनिक हँुदा नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले १९ वटा वडामा विजयी भएको छ भन माओवादी केन्द्र छ वटा वडामा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तेह्र वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने एकीकृत समाजवादी पार्टीले एक र स्वतन्त्रबाट एकजना वडाध्यक्षमा विजयी भएका छन् । अब सात स्थानीय तहका साथै २१ वडाको मतपरिणाम आउँन बाँकी रहेको छ ।