१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

म्याग्दीको मालिका अध्यक्षमा एमाले विजयी



अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत ल्याएर विजयी हुनुभयो ।

अध्यक्षमा नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० मत र नेकपा ९माओवादी केन्द्र०का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाउनुभएको छ । उपाध्यक्षमा कांग्रेसको पिपला बुढाथोकीले तीन हजार १३९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो ।

गर्बुजा विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रोकासँग ८५ मतले पराजित हुनुभएको थियो ।

गाउँपालिका अध्यक्षमा १२१ तथा उपाध्यक्षमा २१ मतान्तरले विजयी हुनुभएको हो । १३ हजार २०१ मतदाता रहेको मालिकामा ६७ दशमलव ७६ प्रतिशत अर्थात् आठ हजार ९४६ मत खसेको जनाइएको छ ।

मालिकामा ३७ पदका लागि १४७ चुनामी मैदानमा उत्रिएका थिए । ७ वडा रहेको मालिकामा एमाले र कांग्रेसले ३÷३ वडा तथा माओवादीले एक वडामा विजय प्राप्त गरेको छ । रासस