१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शङ्खरापुरको दुई वडाको मतपरिणाम सार्वजनिक



अ+ अ-

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण (बाबुराम) दङ्गाल र वडा नं ९ मा नेपाली कांग्रेसबाट सहदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । दङ्गाले ६७४ र श्रेष्ठले ७०५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दङ्गालको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६०६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिनुभयो । वडा सदस्यमा भने समाजवादीको समूह नै निर्वाचित भएको छ ।

कांग्रेसको प्यानल विजयी
यसैगरी नगरपालिका–९ मा भने वडा अध्यक्षसहित सबै सदस्य पदमा कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका सहदेव श्रेष्ठले ७०५ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भाइकाजी श्रेष्ठले ४३३ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगर प्रमुखमा भने एक हजार २४८ मतका साथ एमालेका कृष्णलाल बजगाइँले अग्रता कायम गर्नुभएको छ । उहाँलाई पच्छ्याउँदै नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले एक हजार १९१ मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापितले एक हजार ८९ मत पाउनुभएको छ । नगरपालिकामा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठले एक हजार ५९४ मत पाउनुभएको छ । उहाँकी प्रतिष्पर्धी एमालेकी लक्ष्मी केसीले ९५७ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हाल वडा नं। २ र ८ को मतगणना भइरहेको जनाइएको छ ।