१२ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम नरोक्न सरकारलाई पौडेलको चेतावनी



अ+ अ-

रुपन्देही   । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा उपमहासचिव तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलले गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा सरकारले नै अवरोध गरेको बताउनु भएको छ । भैरहवामा उद्योग व्यापार संगठनको नव निर्मित कार्यालय भवनको उद्घाटन तथा  सातै  अधिवेशन समारोहमा बोल्दै  पूर्बअर्थमन्त्री पौडेलले  गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको दोश्रो चरणको  निर्माणको काम अबिलम्ब  अघि बढाउन माग गर्नुभएको छ ।  

उहाँले त्यसका लागि  नेपाल सरकारले काउण्टर  पार्ट फण्ड  व्यहोर्ने गरी गरेको निर्णय  होल्ड अथवा रद्ध  नगर्न , एशियाली बिकास बैक संग ऋण सम्झौता  गर्न अन्तराष्ट्रिय बोलपत्र  आव्हान  गरेर सक्षम निर्माण  कम्पनी  छनौट  गर्न र निर्माण कार्य अघि  बढाउन माग गर्नुभयो । उहाँले भन्नुभयो "गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको दोश्रोचरणको  काम रोक्ने हो भने रुपन्देही जिल्ला र लुम्बिनी प्रदेशका जनताको बिरोधको सामना  गर्न सरकार तयार भएर बसे हुन्छ ।"

पूर्वअर्थमन्त्री पौडेलले पूर्वप्रधानमन्त्री केपी ओलीको दुबै कार्यकालमा उच्च प्राथमिकता यो बिमानस्थललाई राखिएको भएपनि सरकार परितर्वन संगै  आयोजना माथी अबरोध भएको बताउनु भयो । आफूहरु सरकारमा रहदा आबश्यक पर्ने जग्गाको व्यवस्थापन देखी लगानीको स्रोतको सुनिश्चिता गरेको भएपनि वर्तमान सरकारले उपेक्षा गरेको आरोप लगाउनु भयो ।

उहाले भन्नुभयो "आज सम्म  एशियाली बिकास बैक संग ऋण सम्झौता गरी अन्तराष्ट्रिय ठेक्का  आब्हान  र निर्माण संम्झौता  भै सक्नु  पर्नेमा  सरकारले काउण्टर पार्ट  फण्ड लगानी गर्ने  निर्णय होल्ड  अर्थात रद्द गर्ने मनसाय राख्यो ।" उहाँले एडिबीसंग  ऋण सम्झौता  नगर्ने र बहुबर्षिय  ठेक्का आव्हान  नगर्न  पर्यटन मन्त्रालय र  नागरिक उड्यन मन्त्रालयलाई  दवाव दिएको समेत आरोप लगाउनु भयो ।