२३ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सरकारले निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भए आश्रित परिवारलाई २० लाख दिने



अ+ अ-

काठमाडौँ । निर्वाचनको सुरक्षामा खटिएका बेला सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई सरकारले रु २० लाख आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले निर्वाचनको समयमा सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई रु २० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा भनिएको छ, “निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई बीस लाख आर्थिक सहायता उपलब्ध गराउने ।”

बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

साथै हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवानसरह जिल्ल दररेटअनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।