२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रिय भलिबलः आर्मीको जित



अ+ अ-

काठमाडौं । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । जारी प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जित हो । यसअघि आर्मीले एपीएफ क्लब र गण्डकी प्रदेशलाई पराजित गरेको थियो ।

आजको खेलमा आर्मी गल्कोटमाथि २५–१२, २५–११ र २५–२२ को सेटमा पराजित गर्दै विजयी भयो । जितसँगै आर्मीले तीन खेलमा नौ अङ्क जोडेर शीर्ष स्थान बनाएको छ । यता पराजित गल्कोटको भने यो लगातार तेस्रो हार हो ।

लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेका छन् ।

विजेता टोलीले रु छ लाख तथा उपविजेताले रु तीन लाख प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु एक लाख ५० हजार र चौथो हुनेले रु ७५ हजार प्राप्त गर्नेछ ।