१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढी



अ+ अ-

काठमाडौं । पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको छ ।

उनका अनुसार १८ वर्षमाथिका सबै व्यक्ति मुटुरोगको जोखिममा रहेको बताउँदै मुटुरोगसम्बन्धी समस्या हुनेमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक करोड ४६ लाख मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको छ । नेपालमा भने बर्सेनि ३० हजार व्यक्तिको मुटुरोगबाट मृत्यु हुने गरेको छ ।

नेपालमा १८ वर्षमाथिका ३५ प्रतिशत मानिस उच्च रक्तचाप र १८ वर्षमाथिका २५ प्रतिशतमा उच्च कोलस्टेरोलको समस्या छ । डा। रेग्मीले विद्यालय जाने उमेरका पाँचदेखि १५ वर्षभित्रका एक प्रतिशतलाई बाथ मुटुरोग रहेको बताए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशत मुटुसम्बन्धी कुनै न कुनै रोगले ग्रसित रहेका छन् । यस्तै ९० प्रतिशत मानिस मुटु रोग लाग्ने जोखिममा छन् । डा. रेग्मीले जीवनशैली, खानपानले गर्दा मुटु रोगको समस्या बढेको बताउँदै चुरोट, सुर्ती, मदिरापान, चिल्लो खानेकुरा मुटु रोगका प्रमुख तत्व रहेको र यसबाहेक मानिसले व्यायाम नगर्ने, आफूलाई अल्छी बनाउनाले पनि मुटु रोगको जोखिम बढेको जानकारी दिए ।

सरकारको प्राथमिकता मुटु रोग रोकथामभन्दा पनि उपचारमा बढी भएको उनको विश्लेषण छ । सरकारले उपचारमा हैन रोकथामा केन्द्रित नीति बनाउनुपर्ने उनको धारणा छ । सरकारले १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धलाई निःशुल्क मुटुको शल्यक्रिया तथा उपचार गर्ने गरेको छ । यस्तै बाथ मुटु रोगका बालबालिकालाई समेत निःशुल्क उपचार गर्ने गरेको छ । स्वास्थ्य मन्त्रालयले विपन्न सहायता कोषबाट पनि मुटु रोग लागेका व्यक्तिलाई एक लाख रुपियाँ सहयोग गर्ने गरेको छ ।

मुटु रोगका कारण हृदयाघात हुने सम्भावना हुन्छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा। शिवजी सिलवालले हृदयाघात भएको अवस्थामा त्यसको लक्षण करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहन सक्ने बताए । उनले हृदयाघात हुनेबेलामा सामान्यतया छातीमा असजिलो हुने, रक्तचाप बढ्ने, पूरा छाती भारी भएको महसुस हुने, छाती दुख्ने, पाखुरा वा छातीको करङको तल्लो भाग दुख्ने लक्षण देखा पर्ने बताए ।

उनले पिठ्यूँ, बङ्गारा, गर्धन अथवा हाततिर वा समग्रमा सबैतिर दुख्ने, अपच हुने, श्वास फेर्न गाह्रो भएको महसुस हुने, चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, झुम्म लागेजस्तो हुने, कमजोरी हुने, बेचैनी हुने, स्वाँ स्वाँ बढ्ने र मुटुको धड्कन छिटोछिटो बढ्ने वा अनियमित हुने जस्ता लक्षण देखा पर्ने जानकारी दिए ।

डा. सिलवालले मानिसलाई हृदयाघात भएको शङ्का भएमा तत्कालै हृदयरोग अस्पतालमा जान सल्लाह दिँदै त्यो बेला एस्पिरिन ट्याब्लेट बिरामीलाई तत्कालै ख्वाइदिनुपर्ने बताए । हृदयाघातको अवस्थामा तत्काल उपचार भएमा रक्तनलीहरू आफ्नो पुरानै अवस्थामा फर्किने सम्भावना रहने भन्दै भविष्यमा आइपर्न सक्ने समस्यालाई पनि जगाउन सकिने बताए ।

डा. सिलवालले ९६ प्रतिशतभन्दा बढी एन्जियोप्लास्टि प्रक्रिया तत्कालै सफल हुने भन्दै रोकावट भएको धमनीबाट रक्तप्रवाह सुचारु भएपछि बिरामीले तत्कालै राहत पाउने बताए । मुटु रोग विशेषज्ञ डा. रोशन राउतले मुटुको चाल गडबढी हुने रोग मुटुको अर्को समस्या रहेको बताए । उनले मानिसको मुटुको चाल प्रतिमिनेट ६० देखि एक सयसम्म चल्नुपर्ने भन्दै ६० भन्दा पनि धेरै कम भएमा समस्या देखापर्ने बताएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।