१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट



अ+ अ-

काठमाडौँ । राजश्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजश्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरिएको हो । राजश्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धिकर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजश्व चुहावट गरेको पाइएको छ ।

विभागले रु नौ करोड ६७ लाख ३२ हजार ५६० बराबरको बदमासी गरेको पाइएको भन्दै सोहीअनुसारको माग दाबी गरेको छ । मूल्य अभिवृद्धिकरतर्फ रु तीन करोड ४० लाख १८ हजार र आयकरतर्फ रु छ करोड २७ लाख १४ हजार ५६० बराबरको बदमासी गरेको पाइएको छ ।विभागले बिगोको दोब्बर बराबरले हुन आउने रु १९ करोड ३४ लाख ६५ हजार १२० बराबर असुल गरी कैद सजायकोसमेत माग गरेको छ ।