१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

फोहर व्यवस्थापन र डुवानमुक्त सहर बनाउने बनेपाका प्रमुख पदका उम्मेदवारको प्राथमिकता



अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवारले बनेपालाई विशेष गरी खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बन्नुभएका पाँच दलीय सत्तागठबन्धनका तर्फबाट शान्ति रत्न शाक्य र नेकपा एमालेका तर्फबाट रत्नकुश रञ्जितकारले खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर प्रमुखका उम्मेदवार शाक्यले आफू निर्वाचित भएपछि बनेपालाई व्यवस्थित सहरको रुपमा विकास गर्ने, बजार क्षेत्रको राजमार्ग सफा गर्ने र फोहरमैलाको उचित व्यवस्थापनको योजना अगाडि सार्ने बताउँदै खानेपानी र डुवानको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बनेपालाई पर्यटन र कृषि सहरको रुपमा विकास गर्नेलगायतका विषयलाई समेटेर काम गर्ने बताउँदै उहाँले यो सहरलाई प्रविधिकयुक्त बनाइने, बनेपाका बाक्लो बस्तीमा निःशुल्क वाइफाइ सेवा पु¥याउने, पुरानो सम्पदाको संरक्षण र सडक व्यवस्थापनलाई प्रमुख प्राथमिकता राखेर काम गर्ने उल्लेख गर्नुभयो । उहाँले बनेपा नगरकोट पर्यटकीय सडकलाई विशेष प्राथमिकतामा राखिने उल्लेख गर्दै कृषि र पर्यटक क्षेत्रको पूर्वाधार विकासमा आफूले जोड दिइने बताउनुभयो ।

त्यस्तै नगरप्रमुख पदका अर्का उम्मेदवार रञ्जीतकारले चार महिनाभित्रमा खानेपानी समस्या समाधान गर्ने र छ महिनाभित्रमा फोहरमैला व्यवस्थापनअन्तर्गत घरबाट नै फोहर कम उत्पादन गर्ने खालको नीति ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले डुवानमुक्त तथा धुलो, धुवाँ, हिलो र ध्वनी प्रदूषणमुक्त सहर बनाउने उल्लेख गर्दै आर्थिक रुपमा सबल र सक्षम सहरको रुपमा यसलाई विकास गर्ने योजना सुनाउनुभयो ।