
नेपालका लागि भारतीय राजदूत भइसकेका विनय मोहन क्वात्राले आज बिहान भारतको विदेश सचिवको पदभार ग्रहण गरेका छन् । उनले भारतीय पूर्वसचिव हर्षवर्धन श्रृङ्गलाको स्थानमा पदभार ग्रहण गरेका हुन्।
नेपालका लागि राजदूतमा रहँदा क्वात्रालाई भारतको विदेश सचिवमा बढुवा गरिएको थियो ।
करिब तीन वर्ष नेपालका लागि भारतीय राजदूत बनेका क्वात्राले कोभिडसँग लड्न नेपाललाई धेरै सहयोग गरेका थिए । नेपालमा कोभिड भ्याक्सिन उपलब्ध गराउनमा उनको महत्वपूर्ण भूमिका थियो।
नेपालमा राजदूत रहँदा भारतीय विदेश सचिव बन्ने क्वात्रा दोस्रो व्यक्ति हुन् । यसअघि नेपालका लागि भारतीय राजदूत श्याम शरण पनि राजदूत रहेकै अवस्थामा विदेश सचिवमा पदोन्नति भएका थिए ।