२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘गेट अफ हेल’ को रहस्य !



अ+ अ-

पहिलोपटक यमनको 'गेट अफ हेल' अर्थात् 'नर्कको द्वार' को रहस्य के छ भन्ने पत्ता लगाउन एउटा अध्ययन टोली गुफाभित्र पसेको छ।

प्राकृतिक आश्चर्यका रूपमा लिइँदै आएको यो गुफा करिब ३० मिटर चौडा र ११२ मिटर गहिरो छ। यो गुफा भित्र पस्न अहिलेसम्म कसैले पनि साहस गरेको थिएन । 

स्थानीय मानिस लामो समयदेखि यो गुफाबाट टाढा रहँदै आएका थिए। स्थानीय किंवदन्तीमा त अझ जो गुफामा प्रवेश गर्छ उसले श्राप पाउँछ भन्ने छ ।

सदियौँदेखि यसले 'जीनी' भनिने कुनै पनि इच्छा पूरा गरिदिनसक्ने शक्ति भएको लोककथाको काल्पनिक पात्रलाई आश्रय दिँदै आएको किंवदन्ती रहेको छ।

यमनको गुफा अध्ययन टोलीले गुफामा स्ट्यालग्माइटस(खनिजको तह) र गुफा मुनि मोती फेला पार्‍यो जुन क्याल्सियम लवणमा वर्षाको तप तप झर्ने पानीबाट बन्छ।

उनीहरूले सर्प र विभिन्न मरेका जनावर पनि फेला पारे। (बीबीसी)