९ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चुनाव आयो कि मिटू: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताउनु भयो । अध्यक्ष ओलीले काँग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहा¥याउनु भयो ।

उहाँले काँग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएको बताउनु भयो । उहाँले नोपली काँग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘काठमाडौं एमालेले जित्नुपर्छ । र काठमाडौं एमालेले जित्छ । एमालेका उम्मेदवारहरुलाई काठमाडौंका सचेत जनताले विजयी बनाउनेछन् । राजधानीका सचेत जनता जसले नेपाली राजनीतिक परिवर्तनमा आजदेखि होइन, सचेतनाको शंखघोष आजदेखि गरेको होइन, यही काठमाडौंमा २०९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ ४ जनालाई राणाहरुले आफ्नो शासन टिकाउनका लागि फाँसी दिएका थिए र बलिदानको इतिहास काठमाडौंले त्यहाँदेखि कोर्दै आएको छ । ८२ वर्षअघिदेखि काठमाडौंले चेतनाको विगुल फुक्दै आएको छ ।

मैले अस्तिको दिन पनि भनेको थिएँ । काँग्रेसको घोषणापत्र भनेको कुनै राजनीतिक दस्ताबेज नै होइन । अघिल्लो सरकारको भण्डाफोर गर्ने, बिरोध गर्ने, आफू के गर्छु भन्ने कुरा होइन । काँग्रेसको घोषणापत्रमा नेकपा एमालेलाई गाली गरेको छ । व्यक्तिगत तवरमा मलाई गाली गरेको छ । गाली राजनीतिक भएको भएपनि हुन्थ्यो । होइन, असभ्य तरिकाले, निच भन्ने जस्ता शब्दहरु प्रयोग गरिगरिकन भद्दा गाली, असत्य, निराधार गाली गलौज गरेको छ । अलिकति संविधानका राम्रा कुराहरु उतार गरेको छ, अलिअलि हाम्रा घोषणापत्रका कुराहरु, हामीले बोल्ने भन्ने गरेका कुराहरु केही केही अलिक लद्दु विद्यार्थीले जाँचमा चोरेजस्तो उतार गरेको छ । कहाँ उठाउँछ के उठाउँछ अहिले त केही पनि थाहा हुँदैन, कतै एस कतै नो । कतै एस पार्टी उठाउँछ कतै नो पार्टी उठाउँछ । कहिले केमा भोट हाल्छ कहिले केमा । काँग्रेसको घोषणापत्र लिएर कुनै राजनीतिक सोच नभएका व्यक्तिहरु उम्मेदवारमा आएका छन् । न नयाँ पुस्ता न पुरानो पुस्ता । न योगदान न नयाँ संकल्प । न नयाँ उत्साह ।’

अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीइ निर्वाचन घोषणापत्रमा वहसका लागि आउन चुनौति दिनुभयो । उहाँले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरुसँग एमालेभित्र पनि भिडाइदिने बताउनु भयो । जब चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउनेभए ठाउँ मिलाइदिने बताउनु भयो । उहाँले नेपाली काँग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरुले महिला भनेर श्रीमती र छोरी उठाएको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा एमालेको स्थानीय निर्वाचनको घोषणापत्रको बिरुद्धमा कोही बहसमा आउँछ भने आउनुस् स्वागत गर्दछौँ । कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु पनि तयार छन् भने हामी पनि यसो, हाम्रा लागि त्यो ठूलो कुरा भएन, भर्खर भर्खर पास गरेका भाइबहिनीहरु थुप्रो छन् यस्तो ट्युसन क्लासवालाहरुस्ँग मुकाबिला गर्ने भिडाइदिउँला केही छैन । तर हामी वहस गर्न तयार छौँ । नेपाली काँग्रेस विचार शुन्य, गन्तव्य हीन, विचारको हिसावले कुहिराको काग हो । कुहिराका कागको उद्देश्य भनेको पेट भर्ने हो । नेकपा एमाले कसैका छोरी,बुहारी काँधमा बोकेर हिँडेको पार्टी होइन, नातावादी कृपावादी पार्टी होइन । कसैले महिला उम्मेदवार दिएँ भन्छ होला श्रीमती उठाउँदा महिला त परिहाल्छ नि । छोरी उठाएपछि महिला त परिहाल्छ नि ।’

अध्यक्ष ओलीले नेकपा एमालेले नै महिलाको अस्थित्वको रक्षा गरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अध्ययन तथा छानबिन गर्न नेपाली काँग्रेसले गर्न नदिएको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मी टू के केही जवाफ हुन्छ, चुनाव आयो कि मिटू । म एउटा कुरा के भन्छु भने महिला अस्मिता, अधिकारको सम्बन्धमा, सुरक्षाको सम्बन्धमा नेकपा एमाले जति सजग अरु कोही पनि छैन । निर्मला पन्तको बलात्कार र बलात्कारपछि हत्याकाण्ड भयो । त्यसको छानबिन गर्न नदिएर त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले छानबिन गर्न नदिने अगुवाइ ग¥यो । उता सडकमा छानबिन होस् भन्ने भित्र छानबिन गर्न नदिने । नेपाली काँग्रेसको सरकार छ, गृहमन्त्रालय सम्हालेको छ, काँग्रेसकै गृहमन्त्री हुनुहुन्छ । ९÷ १० महिना कानमा तेल हालेर बस्नुभयो । आज के गर्दै हुनुहुन्छ ? छानबिन गर्नुस् न अहिले । किन गर्नुहुन्न । अहिले हामी छानबिन गर्न दिन्छौ । त्यतिबेला दिएको थिएन ।’

अध्यक्ष ओलीले ५ दलीय गठबन्धन देशको लागि कष्ट भएको बताउनु भयो । उहाँले गठबन्धनलाई लुतोको संज्ञा दिँदै वैशाख ३० गते लुतोलाई भगाउने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘५ दलीय गठबन्धन देश र अहिलेका निम्ति कष्ट हो । पीडा हो । अलिक समयका लागि आएको लुतो हो । ठूलै घाउ पनि होइन तर बस्न पनि दिँदैन । केही समयका लागि पीडा हो । यस पीडालाई हामीले निर्वाचनको माध्यमबाट पन्छाउनु पर्छ । लुतो पन्छाउने दिन हुन्छ नेपालमा । यस पल्ट दुइृ दिन हुने भयो । एउटा लुतो पन्छाउने दिन सरेर वैशाख ३० आयो । अर्को अन्तितमा पन्छाउने दिन मंसिरमा आउँछ । लुतो पन्छाएर छोड्नुपर्छ । यो असंवैधानिक गठबन्धन लुतो हो । यसलाई पन्छाउँ ।’

अध्यक्ष ओलीले काँग्रेसले जे भन्छ त्यही मान्ने भएकोले नेकपा एस ना रहेको आरोप लगाउनु भयो । उहाँले अहिले देशको अर्थतन्त्र धेरै अफ्ठ्यारो स्थितिमा रहेको उल्लेखसमेत गर्नुभयो ।