१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बिग्रिएको मल १ वर्षदेखि सुक्खा बन्दरगाहमा अलपत्र



फाईल फोटो
अ+ अ-

वीरगञ्ज । पानीले भिजेर बिग्रिएको मल १ वर्षभन्दा लामो समयदेखि वीरगञ्ज सुक्खा बन्दरगाहमा थन्किएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनीले मगाएको १ लाख २६ हजार बोरा ६ हजार ३ सय मेट्रिकटन डीएपी मल बन्दरगाहमा अलपत्र परेको हो ।

बिग्रिएको मल नष्ट गर्नुपर्ने भए पनि आपूर्तिकर्ता सम्पर्कमा नआएकाले नष्ट गर्न नसकिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए । ‘बिग्रिएको मल हामीले जफत गरेर राखेका छौं । जाँचपास गर्न नमिलेपछि त्यस्तो मल नष्ट गर्नुपर्छ,’ प्रमुख खत्रीले आर्थिक अभियानसित भने ।

यस्तो मल अहिले बन्दरगाहमा रेलवे ट्र्याकको खाली जमीनमा मिल्काइएको छ । गोदाममा राख्दा ठाउँ ओगट्ने भएकाले रेलवेको दुईओटा ट्र्याकको बीचमा पर्ने खाली ठाउँ र छेउको जमीनमा राखिएको हो ।

मल कसरी नष्ट गर्ने भन्ने अन्योल देखिएको छ । बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिले बिग्रिएको मल बन्दरगाहबाट हटाउन दबाब दिइरहेको छ । आपूर्तिकर्ता सम्पर्कमा नआएपछि भन्सार प्रशासन अन्योलमा छ ।

बिग्रिएको मल नष्ट गर्ने जिम्मेवारी आपूर्तिकर्ता कम्पनीको भए पनि सम्पर्कमा नआएको भन्सार प्रमुख खत्रीले बताए । ‘आपूर्तिकर्ता सम्पर्कमा छैन । मललाई बन्दरगाह हातामै थुपारेर राखिएको छ,’ उनले भने ।

संयुक्त अरब इमिरेट्स दुबईको स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेजले मल आपूर्तिको जिम्मा लिएको थियो । बिग्रिएकोमध्ये अधिकांश परिमाण साल्ट ट्रेडिङको हो । ५००० मेट्रिक टन साल्ट ट्रेडिडको र बाँकी कृषि सामग्री कम्पनीको भएको समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।