१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वर्षायाम लाग्दैछ, पाटन क्षेत्रमा चिन्ता



अ+ अ-

तनहुँ । ब्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रका बासिन्दा वर्षायाम सुरु भएसँगै चिन्तित हुन थालेका छन् । गत वर्ष मादी नदीमा आएको बाढीले बस्तीको क्षेत्र कटान गरेपछि उचित संरक्षण हुन नसक्दा उनीहरु चिन्तित भएका हुन् ।

बस्तीदेखि करिव ७० मिटर दूरीमा मादी नदी बगेकाले उक्त क्षेत्र जोखिममा रहेको पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष तटबन्धको लागि सम्बन्धित निकायमा हारगुहार गरे पनि कुनै सुनुवाइ भएन । “अहिले नगरको ३ नंवर वडास्थित भतेरीमा तटबन्ध निर्माण गर्न लागेपछि सिधँै पाटन क्षेत्रमा असर पर्ने देखिन्छ” उहाँले भन्नुभयो ।

मादी नदी कटानका कारण त्यसक्षेत्रका करिब ६६३ घरधुरी जोखिममा परेका हुन् । नगरको चौध वडामध्ये बाह्र वडा मादी नदीवारी र दुई वडा मादी नदीपारी पर्दछन् ।

वर्षात् हुन थालेपछि नदी किनार आसपासका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको तल्लो पाटन खानेपानी संस्थाका अध्यक्ष टङ्कबहादुर थापाले बताउनुभयो । नदीकटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत जोखिममा पर्ने देखिएको छ । यदी समयमै यसतर्फ ध्यान नदिए करोडौँको क्षति व्यहोर्नुपर्ने बताइन्छ ।

त्यस क्षेत्रमा पर्ने वृद्धाश्रम, भजनकीर्तन भवन, गुरुकूल आश्रम, पाटन खेलकूद मैदान, पाटन पराशर पार्क, भूपु भवन, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालयलगायतको संरचनामा क्षति पुग्ने देखिएको हो ।

तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास रहेको छ ।