२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

४४ अर्ब डलरमा एलन मस्कले किने ट्वीटर, ट्रम्पको अकाउन्ट अब खुल्छ ?



अ+ अ-

काठमाडौं । अमेरिकी धनाढ्य एलन मस्कले अन्ततः ४४ अर्ब अमेरिकी डलरमा लोकप्रिय सामाजिक संजाल ट्वीटर किनेका छन् । मस्कले ट्वीटर किन्दैछन् भन्ने हल्लाबीच ट्वीटरको बोर्डले मस्कले दिएको अफरलाई स्वीकार गरेको हो ।

अमेरिकी शेयर बजारमा पनि केही दिनदेखि ट्वीटरको शेयर मूल्य बढ्दै गएको थियो ।

ट्वीटर अहिले समकालीन विश्वमा सबैभन्दा ठूलो सोसल मिडिया (सामाजिक संजाल) मध्ये एक हो ।

मस्कले केही दिन अगाडि मात्र ट्वीटरको ९ प्रतिशत शेयर किनेका थिए । उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति शेयरको दरले कम्पनी खरिद गरेको बताएका छन् । केही दिन अघि ट्वीटर किन्ने मस्कको सार्वजनिक अभिव्यक्तिलाई ट्वीटरको बोर्डले खण्डन गरेको थियो ।

स्पेस एक्स अन्तरिक्ष कार्यक्रम, टेस्ला कार तथा सूचना प्रविधिमा अथाह लगानी गरी राम्रो प्रतिफल निकाल्न सफल उद्यमी मस्क विश्वमै नवीन वैज्ञानिक उपक्रमहरुको सफल प्रयोगका लागि चर्चित छन् । उनी विश्वकै धनीमध्येका एक व्यक्ति हुन् । फोब्र्स म्यागाजिनका अनुसार, उनीसँग २७४ अर्ब अमेरिकी डलर बराबरको खुद सम्पत्ति छ ।

ट्वीटर कम्पनीका नयाँ मालिक एलन मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको उल्लेख गर्दै यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताएका छन् । उनले ट्वीटरका फेक अकाउन्ट हटाउनेदेखि कन्टेन्टका अवरोधहरु हटाउने प्रतिबद्धता जनाएका छन् ।

ट्वीटरलाई वाक स्वतन्त्रताका लागि निकै उत्कृष्ट प्लेटफर्मका रुपमा लिइन्छ । तर यो प्लेटफर्म विवादमुक्त भने छैन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरलाई हिंसा भड्काउन दुरुपयोग गरेको भन्दै ट्वीटरले उनको अकाउन्ट नै बन्द गरिदिएको थियो । अहिले मस्कले ट्वीटर किनेपछि त्यो बहस फेरि शुरु भएको छ ।

ट्रम्पका समर्थकहरुले एलन मस्कले ट्रम्पको अकाउन्ट फेरि खोल्न मद्दत गर्नु पर्ने बताएका छन् । तर ट्रम्प स्वयंले भने कसैसँग अनुरोध नगरेको बताएका छन् ।