१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विवेकशील साझाबाट पोखराको मेयरमा सुशीला र उपमेयरमा माधव उम्मेदवार



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले पोखरा महानगरपालिकामा पार्टीकी गण्डकी प्रदेश संयोजक एवम् केन्द्रीय सदस्य सुशीला केसी अधिकारीलाई मेयरको उम्मेदवार बनाउने भएको छ। उपमेयरमा पनि पार्टीकै केन्द्रीय सदस्य माधव भण्डारीलाई उम्मेदवार बनाइने भएको छ।

पछिल्लो २ दशकयता शैक्षिक क्षेत्रमा संलग्न केसी विभिन्न संस्थाहरूमार्फत् सामाजिक विकासका मुद्दाहरूमा संलग्न रहँदै आएकी छन्।

उनले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन्। उपमेयर उम्मेदवार भण्डारी विद्युत प्राधिकरणका पूर्व सहायक इञ्जिनियर हुन्।

जनप्रकाश बहुमुखी क्याम्पसको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हालिसकेका भण्डारी मानव अधिकार तथा सामाजिक सेवाका विभिन्न काममा सकृय रहँदै आएका छन्।

महिला नेतृत्वलाई प्रवर्द्धन गर्ने प्रयास अन्तर्गत पार्टीले काठमाण्डौपछि पोखरामा पनि सक्षम, इमानदार र अनुभवी नेतृलाई मेयरको उम्मेदवार बनाउन पाउँदा आफूलाई गौरवको महसुस भएको अध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्।