
काठमाडौँ । नेकपा एमालेबाट केशव स्थापितले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै एमालेबाट काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोलले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।
दुवैजनाले रत्नपार्कको शान्तिवाटिकाबाट जुलुससहित राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दताए गराएका हुन् । बागमती प्रदेशसभा सदस्यसमेत रहेका स्थापितले मेयरमा उम्मेदवारी दिन प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।
उनी यसअघि २०५४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।