१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गठबन्धनमा दम्भ देखियो,यसको हिसाब मिलान हुन्छ: रामकुमारी झाँक्री



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले चुनावी गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताउनु भएकोृ छ । सत्तागठबन्धनमा रहेका दलहरु बीच सम्मानजनक सिट बाडफाँड नभएको तर्फ ईगित गर्दे नेता झाँक्रीले एक दिन यसको हिसाव मिलान गर्ने जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ –

‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्घनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ I हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो बीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस !’

अधिकासं जिल्लामा एकीकृत समाजवादीविनै काग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल भएपछि उहाँको यस्तो अभिव्यक्ति आएको हो ।