
काठमाडौं । नेपाली कांग्रेस जिल्ला समिति कास्कीका नेपाली कांग्रेस पदाधिकारीलाई पार्टी कार्यालयमा थुनिएको छ । पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले उनीहरुलाई थुनेका हुन् ।
पोखरा महानगरपालिकामा सत्तारुढा गठबन्धनबाट मेयरको उम्मेद्वार नेपाली कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका कार्यकर्ताले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला बाहिरबाट थुनिदिएका हुन् ।
सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकामा मेयरको उम्मेद्वार नेकपा ९एकीकृत समाजवादी० ले पाउने सहमति भइसकेको छ ।