१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बादलले गरे जबजको व्याख्या



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीेको वैचारिक लाइन ‘जनताको बहुदलीय जनवाद’ अब सिद्धान्त भइसकेको बताएका छन् । पार्टीभित्र यस विषयमा अझै सिद्धान्त कि कार्यक्रम भन्ने बहस भइरहेका बेला माओवादी धारबाट एमालेमा जोडिएका नेता थापाले मदन भण्डारीको परिकल्पनामा आएको यो विचार अब व्यवहारले सिद्धान्त भइसकेको बताए ।

 ‘मदन भण्डारीको परिकल्पना थियो जबज, जनवादी क्रान्ति सम्पन्न भएपछि त्यो व्यवहारले नै सिद्धान्त थियो भन्ने पुष्टि भयो,’ उनले प्रथम विधान महाधिवेशन मूल व्यवस्थापन कमिटीका तर्फबाट बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘विषयमा पार्टीभित्र मदनवाद विचारधारा भनेर जाने कि भन्ने पनि छ । कसैले यो कार्यक्रम मात्र हो भन्ने पनि छ ।’

उनले जबजलाई अब नयाँ ढंगले थप संश्लेषण गर्दै अघि बढ्नुपर्ने पनि बताए । एमालेभित्रकै घनश्याम भुसाललगायतका नेताले पार्टीको वैचारिक धारको राम्ररी समीक्षा नगरेको भन्दै आलोचनात्मक धारणा राखिरहेका बेला माओवादी धारबाट एमालेमा आएका नेता थापाले यसको राम्रो बचाउ गरेका छन् । 

विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले ल्याएको राजनीतिक प्रतिवेदनले पार्टीको वैचारिक विषय निरूपण गरेको उनको धारणा छ । ‘जनवादी क्रान्तिपछि पनि के हुने भन्ने कुरा जबजले भनेको छ’, थापाले भने, ‘एउटा सामन्तवादको अवशेषको अन्त्य, अर्को राष्ट्रिय पुँजीको निर्माण र समाजवादी संक्रमणकालीन योजना छ । यो विषय महाधिवेशनको प्रतिवेदनमा पनि आएको छ । यो सान्दर्भिक छ र वैचारिक रूपमा पनि निरूपण गरेको छ’, उनले भनेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।