१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ।

अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए।

‘माओवादीभित्रै प्रचण्डको काम छैन, आफैँ अघि बढ्नुपर्यो भन्ने सुनिन्छ। मलाई के लाग्छ भने भित्रै बसेर मजाले किताब लेख्न पाए हुन्थ्यो, जिम्मेवारी लिने त्यस्तो पात्र पाए त’, उनले भने ।

प्रचण्डले थपे ‘राम्रो विचार, कार्यदिशा लिएर आउनुहोस्, म उत्तराधिकारी घोषणा गरेर बिदा लिन्छु तर, माओले लिम्पियालाई उत्तराधिकारी बनाएजस्तो हतार गर्दिनँ। त्यही लिम्पिया माओलाई गोली हान्न गयो । त्यस्तो हत्यारा नेतृत्व चाहिँदैन।’ यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।