२२ चैत्र २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा राष्ट्रपतिको जोड



फाईल फोटो
अ+ अ-

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई आज भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उहाँले महामारीबाट सिकेको महत्वपूर्ण पाठमा जोड दिँदै नवीन र गुणस्तरीय स्वास्थ्य शिक्षाका साथै स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालजस्ता विकासोन्मुख देशको आर्थिक पुनरुत्थानका लागि विश्व समुदायलाई उदार सहयोग ‘प्याकेज’ ल्याउन विशेष अपिल पनि गर्नुभयो ।

विश्वले सामना गरिरहेका विश्वव्यापी चुनौतीलाई पार लगाउन राज्यहरूबीच साझेदारी, सहकार्य र पारस्परिक सहयोगको आवश्यकतामा जोड दिँदै उहाँले प्रत्येक राष्ट्रको हितका लागि समग्र क्षेत्र, समग्र विश्वको दृष्टिकोणलाई अघि बढाउन आह्वान गर्नुभयो ।

जलवायु परिवर्तनले हिमाली र टापु राष्ट्रको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे चर्चा गर्दै विश्वको तामक्रम वृद्धि रोक्न कार्बन उत्सर्जन घटाउने प्रतिबद्धताको अक्षरसः कार्यान्वयन गर्न राष्ट्रपति भण्डारीले सबै देशलाई आग्रह गर्नुभयो ।

एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलन यही वैशाख ७ देखि ९ गतेसम्म चीनको हेनान प्रान्तको बोआओमा ‘कोभिड–१९ र त्यसभन्दा परः विश्वव्यापी विकास र साझा भविष्यका लागि सहकार्य’ नाराका साथ जारी छ ।

राष्ट्रपति भण्डारीले मञ्चमा भएको छलफलबाट देशहरूलाई महामारी नियन्त्रण र रोकथामका उपाय अवलम्बन गर्न तथा आर्थिक पुनरुत्थान हासिल गर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस