१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ठमेलमा होटलको सातौं तलाबाट खसेर एक विदेशी नागरिकको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट खसेर एक विदेशी नागरिकको मृत्यु भएको छ ।

बुधबार बिहान ठमेलको होटलबाट खसेका आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ठमेलको होटल मनाङमा बसेका थिए।

बिहान करिब साढे २ बजे सातौं तलामा रहेको छतबाट खसेर उनको मृत्यु भएको बताइएको छ ।

फिलिप्स त्यस होटलमा एक जना साथीसँग बसेका थिए । उनका अरू साथीहरू पनि नेपालमा आए/नआएको बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।