१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

युनाइटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले सानदार जित निकालेको छ । मंगलबार मध्यरातमा भएको खेलमा लिभरपुल म्यान्चेस्टर युनाइटेडविरुद्ध ४–० गोलले विजयी बन्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई गोल गरे भने लुईस डियाज र साडियो मानेले एक–एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा नै लिभरपुलले डियाजको गोलबाट अग्रता बनाएको थियो । २२ औं मिनेटमा सलाहले गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै, ६८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–० को स्थितीमा पुर्याए । ८५ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए ।

लिभरपुलले ३२ खेलबाट ७६ अंक जोडेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ७४ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै, ३३ खेलबाट युनाइटेड ५४ अंकसहित छैटौं स्थानमा रहेको छ ।