५ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

इंग्ल्यान्डका कप्तान रुटले दिए राजीनामा



अ+ अ-

काठमाडौं । इंग्ल्यान्ड टेस्ट क्रिकेट टिमका कप्तान जो रुटले शुक्रबार पदबाट राजीनामा दिएका छन् । वेस्ट इन्डिजविरुद्धको शृंखला गुमाएपछि रुटले कप्तानीबाट हटेका हुन् ।

३१ वर्षीय रुट सन् २०१७ मा इंग्ल्यान्ड टेस्ट क्रिकेट टोलीको कप्तान नियुक्त भएका थिए । रुटको कप्तानीमा इंग्ल्यान्डले पाँच वर्षमा कीर्तिमानी धेरै टेस्ट खेल जितेको छ ।

इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको तेस्रो टेस्ट १० विकेटले हारेकोे थियो । पहिलो र दोस्रो टेस्ट बराबरीमा सकिएको थियो । इंग्ल्यान्ड पछिल्ला नौ खेलमा जितविहीन छ ।

रुटले कप्तान हुँदा पाँच हजार २९५ रन बनाएका छन् । त्यो कुनै पनि इंग्ल्याान्डका कप्तानले बनाएको भन्दा धेरै रन हो । त्यसक्रममा रुटको १४ शतक समावेश छ ।

रुटले ६४ टेस्ट क्रिकेटमा कप्तानी गरेका छन् । उनको कप्तानीमा इंग्ल्यान्डले २७ खेल जितेको थियो भने २६ खेल हारेको थियो ।