२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

५ दलीय सत्ता गठबन्धनको अपिल,अवस्था अनुसार चुनावी तालमेल गर्न कार्यकर्तालाई अनुरोध (पत्र/भिडियोसहित)



अ+ अ-

काठमाडौं । ५ दलीय सत्ता गठबन्धनले अवस्था अनुसार चुनावी तालमेल मिलाएर अगाडी बढ्न दलका कार्यकर्तालाई आव्हान गरेको छ ।

शीर्ष नेताको बालुवाटारमा बसेको बैठकले एक अपिल जारी गर्दे देशैभर ठाँउ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोग भावनाले अगाडी बढ्न आव्हान गर्छौ भनिएको छ ।

उहाँहरुले व्यापक सहभागितमा आगामी स्थानीय तहको निर्वाचन सफल पार्न गठबन्धनका उम्मेदवारलाई मत दिई विजयी बनाउनसमेत अनुरोध समेत गरेका छन् ।

शीर्षनेताहरुले परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँचदलीय गठबन्धन बनेको उल्लेख गर्दै यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमान्यतामा आधारित समाजावादको रक्षा गर्दै नेपालको स्वाधीनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय बासिन्दाको कठिनाइ हटाउँदै तिनका आवश्यकता पूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका हुन् ।

अपिलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर रहेको छ ।