७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अर्थतन्त्र संकटमा, अर्थमन्त्री केमा ?



file
अ+ अ-

काठमाडौं । गत सोमबार अर्थमन्त्रालयको सभाहल । देशका कमर्सियल बैंकका अधिकांश सिइओ उपस्थित थिए । उनीहरुलाई अर्थमन्त्रालयले १०ः३० मै उपस्थित हुन आमन्त्रण गरेको थियो । त्यसैबमोजिम पुगेका थिए उनीहरु । तर त्यो समयमा मन्त्रालयमा न मन्त्री थिए र नत सचिव नै । उनीहरु आधा घन्टा यसै बसिरहे । आपसमा उनीहरुको कुराकानी भयो देशको अर्थतन्त्रको, बैंकिग अवस्थाको ।

त्यस्तै सवा ११ बजेतिर हस्याङ फस्याङ गर्दै छिरे अर्थमन्त्री जनार्दन शर्मा । तर साथमा अर्थ सचिव मधु मरासिनी भने थिएनन् । मन्त्री एक्लै थिए । त्यसपछि आफूले डेढ मिनेटमा केही वाक्यांश बोले र देशको अर्थतन्त्रको अवस्था त तपाइँहरुलाई थाहै छ भनेर टुंग्याए । त्यसपछि आदेश दिए– ल तपाइँहरुका के सुझाव छन् फटाफट भन्नुस् त मसँग समय थोरै छ ।

त्यसपछि बैंकका दुई जना जति सिइओले आफ्ना कुरा के राखेका थिए मन्त्री शर्माको फेरि अर्काे आदेश आयो– लौ तपाइँहरु छलफल गर्दै गर्नुहोस् है त्यहाँ मन्त्रिपरिषदमा कोरम पुगेन रे म मन्त्रिपरिषदमा पुगेर आउँछु । त्यसपछि पनि करिब डेढ घन्टाजति सिइओहरु बसे र पछि आफ्नो व्यस्तता अनुसार उनीहरुमा पनि एक अर्काे गरी उठेर हिंड्न थाले । पछि २ बजेसम्म पनि मन्त्री मन्त्रालयल फर्केको थिएनन् ।

एकजना सिइओले मन्त्रीजीको त्यस दिनको प्रस्तुति र आफूहरुको अर्थ मन्त्रालयको पट्यारलाग्दो पर्खाइ बडो टिठलाग्दो र हाँस्यास्पद थियो । अर्का एक सहभागीले भने– देशको यस्तो अवस्था छ । कतिपय अर्थशास्त्रीहरुले अब नेपालमा पनि श्रीलंकाको बाटोमा लम्किन थालेको छ । यस्तो अवस्थामा मन्त्रीजीले बोलाउनुभयो र हामी गयौँ । मन्त्रीजी लामो कुराइपछि आउनु त भयो तर न उहाँको साथमा अर्थ सचिव हुनुहुन्थ्यो र नत अर्थ सल्लाहकार । उहाँका एक सहयोगी थिए र उनले हामीेले बोलेका कुराहरु टिपेजस्तो त गरेका थिए । तर अर्थतन्त्रको यो अवस्थाका बारेमा के बुझे र के टिपे थाहा भएन ।

दुःखको कुरा त यो छ कि त्यसै दिनका अखबारका बाहिरी पेजमा र अर्थ क्षेत्रका जानकारहरुका लेखहरुमा देशको बडो कठिन अर्थ अवस्थाका बारेमा चित्रण छापिएको थियो । अर्थमन्त्रीसँग अहिलेको यो अप्ठेरो अवस्थालाई पार लगाउन सक्ने क्षमता उनीसँग छैन भन्ने निक्र्योल पनि ती समाचार, लेखमा थिए । तर मन्त्रीको ताल भने यस्तो निराशाजनक थियो ।

मन्त्रीजीको हल्का प्रस्तुति र आफूले मात्र सबथोक जानेको जस्तो गर्ने बढप्पनलाई त्यहाँ उपस्थित एक सहभागीले मन्त्रीको लाहुरे पाराको संज्ञा दिए । उनले भने– यस्तो लाहुरे पाराले मुलुककै ढुकुटीको जिम्मा लिएर संरक्षण गर्नुपर्ने जिम्मेबारीका मन्त्रीले कसरी अप्ठेरो अवस्थालाई पार लगाउन सक्छन् ? यस्तो हल्काफुल्का पाराले कसरी गम्भीर अवस्थामा रहेको अर्थतन्त्रले कसरी प्राण पाउला ?

उनका निकटस्थहरु भन्छन्– अहिले अर्थमन्त्रीलाई कसैले केही सिकाउन या भन्न पनि हुँदैन । पहिले अर्थशास्त्र नपढेका मन्त्रीहरु जस्तो बर्षमान पुन हुन् या सुरेन्द्र पाण्डे उनीहरुले सिक्न या जान्न खोज्थे । सबैका कुरा सुन्थे र केही समस्या उत्पन्न भयो या हुने अवस्था भयो कि आफ्ना आर्थिक सल्लाहकारमार्फत् जानकारहरुको बैठक डाक्थे र समाधानको बाटो पहिल्याउँथे । तर वर्तमान अर्थमन्त्री जनार्दनको पाराले देशले दुःख पाउने छाँट देखिइसकेको जानकारहरुको भनाई छ ।