१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राजसंस्था पुनःस्थापनाको एजेण्डा: गालीको वर्षा र कमललाई हाँसो लागेको कुरा !



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना गर्ने जस्तो असम्भव एजेन्डा नबोक्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुलाई आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले विसं २०६३/६४ ताका मरेको लाश नबोकौँ दाइ भनेर सल्लाह दिनेहरुले अहिले पार्टी कब्जा गरेर आफूलाई धुवाँधार गालीको वर्षा गरिरहेको देख्दा हाँसो लागेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “गालीगलौजको सट्टा निर्मल निवासलाई सोध्नोस्– गत १५ वर्षमा राजसंस्था पुनःस्थापना गर्न राजाको के भूमिका रह्यो ? पटकपटक राप्रपा कमजोर पार्ने काम किन भयो ?”

राजसंस्था जस्तो असम्भव एजेन्डा बोकेर आफ्नो र युवाहरुको भविष्यमाथि खेलबाड गर्ने काम छोड्न आग्रह गर्दै अध्यक्ष थापाले आफूले सो एजेन्डा छोडिसकेको बताउनुभयो ।

केही समयपछि भाइहरु राजसंस्थाको एजेन्डा छोडेर आफ्नै बाटोमा आउनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

केही दिनअघि दुईवटा फेसबुक स्टाटस लेख्दै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सार्वजनिक रुपमै थापाको चर्को आलोचना गर्नुभएको थियाे  ।

‘राप्रपा फुटाउँदिन, राप्रपा फुटाएको छैन तर राप्रपाका मान्छे बाहेक अरु कोही लिन्न भनेर कसम नै खाएजस्तो देखिँदैछ ! तथापि कुरो नबुझ्ने को होलान् र !’ उहाँले भन्नुभएकाे थियाे  ।