१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बागमतीमा भाडा विवाद चुलियो



अ+ अ-

बाग्मती । बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा विवादले यातायात व्यवसायी र बागमती प्रदेश सरकारबीच समस्या देखिएको छ। भाडा बढाउनु पर्ने माग राखी यातायात व्यवसायी आन्दोलित छन्।बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भने सार्वजनिक यातायातको भाडा दर समायोजनको प्रक्रियामा रहेकाले बन्द, हडतालजस्ता विरोधका कार्यक्रम नगर्न आग्रह गरेको छ।

सोमबार काठमाडौँ उपत्यकामा यातायात व्यवसायीले साङ्केतिक रूपमा सडक किनारमा गाडी रोकेर भाडादर वृद्धिको माग गरेपछि मन्त्रालयले सो आग्रह गरेको हो। प्रदेशभित्रका रुटहरूमा भाडा समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। केन्द्र सरकारले भाडा समायोजन गरेपछि बागमती प्रदेश सरकारले अध्ययन समिति बनाएर काम अघि बढाएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।